कार्तिक ३०,कोहलपुर
बाँकेको कोहलपुरमा धारिलो हतियार प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । धारिलो हतियार प्रहारबाट घाइते हुनेमा कोहलपुर १२ चप्परगौडीका बर्ष २८ मीनबहादुर विक रहेका छन् । विकलाई बिहीबार बिहान अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।उहाँलाई अज्ञात व्यक्तिले घर नजिकै पछाडिबाट टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । घाइते विकको नेपालगञ्जस्थित नर्सिङहोममा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।
































