कार्तिक २७ , सुर्खेत
गुर्भाकोट नगरपालिकाले संचालनमा ल्याएको हामी अभिभावक कार्यक्रम अन्तर्गत आवासीय सुविधा लिएर नमुना माध्यमिक बिद्यालय बडाखोलीमा अध्यनरत अनाथ तथा असाहाय बालबालिकाले दीपावली तथा छट पर्वको अवसरमा देउसी भैलो खेल्न सुरु गरेका छ। कक्षा १२ सम्म गुर्भाकोट नगरपालिकाले संचालनमा ल्याएको हामी अभिभावक कार्यक्रम अन्तर्गत पढ्न पाएपनि त्यसपछिको पढाईको लागी माबि बडाखोलीमा अध्यनरत बिद्यार्थीहरुले देउसी भैलो खेल्न सुरु गरेका हुन्। गुर्भाकोट नगरपालिका भित्रका बडाखोली ,मेहेलकुना,बोटेचौर,मालारानी र गुमी बजारमा देउसी भैलो खेलेर आर्थिक संकलन गरिने बिद्यार्थीहरुले बताएका छन्। विद्यार्थीहरुले देउसी भैलो खेलेर उच्च शिक्षाको लागी आर्थिक संकलन गर्ने मनसाय बिद्यालयमा राखेपछि विद्यालयले पनि विद्यार्थीको उक्त कदमलाई साथ् दिएर देउसी भैलो खेल्ने पुगेको ठाँउमा आफु पनि सँगसँगै पुग्ने गरेको बिद्यालयका प्रधानाध्यापक ढाल बहादुर खत्रीले बताउनुभयो।
































