Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

आखिर को थिए ! देउसी भैली खेल्न पठाउने बलिराजा


देउसी भैली खेल्न लगाउने बलिराजा आखिर को थिए !

कार्तिक २६, सुर्खेत

 

‘हामी त्यसै आएको होइन
बलिराजाले पठाएको !’ 

 

प्रस्तुत पंक्ति भट्याउँदै, देउसी खेल्दै कैयौँ युवा पुस्ता हुर्किए । तर, देउसीमा वर्णित बलिराजा को हुन् भन्नेतिर मान्छेहरू खासै चासो राख्दैनन् । राख्न चाहे पनि खास चित्तबुझ्दो उत्तर पाइँदैन । तिहारको समयमा यही तथ्यलाई मध्यनजर गरेर प्रस्तुत आलेख तयार पारिएको छ ।

बलिराजासम्बन्धी मुख्य तीन प्रकारको विवरण पाइन्छ । सबैभन्दा पहिलो विवरण अनुसार हिरण्यकशिपुका पनाति, प्रह्लादका नाति र विरोचनका पुत्र हुन्, बलिराजा । यिनी अत्यन्तै दानवीर, ज्ञानी र परोपकारी असुर राजा थिए । हिन्दू वाङ्मयमा यिनलाई दैत्यराज भनी उल्लेख गरेको पाइन्छ । आफ्ना सैनिक तथा जनताले यिनलाई ‘स्वर्गको समेत राजा हुन सक्नुहुन्छ’ भन्ने सल्लाह दिए । सोहीअनुसार, बलिराजाले देवतासँग युद्ध गरे, जसलाई देवासुरसङ्ग्राम भनिन्छ । यस युद्धमा देवताको हार भयो । स्वर्गका राजा इन्द्र आफ्नो राजगद्दी त्यागेर भागे । देवताहरू हारगुहार गर्दै विष्णुकहाँ सहयोग माग्न पुगे । विष्णुलाई ठूलो समस्या प¥यो, किनभने हिरण्यकशिपु मात्र होइन, उनका पनाति बलि पनि विष्णुभक्त थिए । त्यसैले उनले छलकपट गरेर देवतालाई बचाउने प्रयत्न गरे । बलिराजाले स्वर्गमा अश्वमेध यज्ञ गरिसकेका बेला वामन रूपमा ब्राह्मण भेषधारी विष्णु उपस्थित भए । वामनलाई देखेर बलिराजाले विनम्रतापूर्वक स्वागत गर्दै आफूकहाँ आउनुको कारण सोधे । यस्तो आग्रह सुनेर वामनले आफूलाई तीन पाउ जमिन चाहिएकाले माग्न आएको खुलासा गरे । दानवीर बलिराजाले सहजै स्वीकार गरे । अन्ततः विष्णुले विशाल रूप धारण गरेर एक पाउले पृथ्वी र अर्को पाउले आकाश ढाकिदिए । बाँकी एक पाउ दानका लागि राजा बलिले आफ्नो शिर दिए । दुई पाउलाई ठाउँ पुग्यो, अब अर्को पाउका लागि ‘देऊ शिर’ भन्दै शिर मागेको हुँदा ‘देऊ शिर’बाट देउसिरे भएको हो । बलिराजाको शिर पातालमा धसिएका थिए । त्यसपछि पाताल भासिएका बलिराजाले विष्णुलाई म मत्र्यलोक जान चाहन्छु भनी माग गरे । विष्णुले यमपञ्चकको पाँच दिन उनलाई मत्र्यलोक आउन पाउने अनुमति दिए । उनी मत्र्यलोक आउने भनेपछि पाँच दिन मत्र्यलोक गरिब छैन भनी झकिझकाउ बनाउँदै नाचगान गरी यसरी देउसी–भैलो सुरु भएको हो भन्ने किंवदन्ती पाइन्छ ।

बलिराजा सम्बन्धमा अर्को जुम्ली इतिहास पनि छ । जसअनुसार, बलिराजा कल्यालवंशी राजाहरूको प्रथम राजा हुन् । खस राज्यको पतन भएपछि कल्यालवंशी शासनको सुरुवात यिनै बलिराजाले गरेका थिए । उनले संयुक्त र एकल गरी वि.सं. १४५५ देखि वि.सं. १५०२ सम्म शासन सञ्चालन गरेका थिए । उनको पूरा नाम बलिराज रावल हो । उनले वि.सं. १४५५ मा बडेराजा मलय बर्माका छोरा मेदिनी बर्मासँग मिलेर जुम्लामा संयुक्त शासन सञ्चालन गरेका थिए । पछि बलिराज रावलले एक्लै शासन गरेका थिए भने उनीपछि राजा वत्स (वक्षराज शाही), विशेषराज शाही, विजयराज, विशेषराज, मणिराज, सिलिम शाही, बहादुर शाही, वीरभद्र शाही, सुदर्शन शाही, सूर्यमान शाही, पृथ्वीनारायण शाही, नरनारायण शाही, नरेन्द्रबहादुर शाह, धीरेन्द्रबहादुर शाह आदिले जुम्ला राज्यको शासन सञ्चालन गरेका थिए ।

नेपालमा बलिराजा सम्बन्धमा मुख्य तीन प्रकारको विवरण पाइन्छ । पहिलो विवरण अनुसार, बलिराजा दैत्यराजा हिरण्यकशिपुका पनाति, दोस्रो विवरण अनुसार जुम्लाको पहिलो कन्यालवंशी राजा बलिराज रावल र तेस्रो विवरण अनुसार, बल्ढेङ्गी पाल्पाली मगर राजा बलिहाङ । बलिराजासम्बन्धी यी तीनै प्रकारको विवरणहरूसँग देउसी–भैलोको प्रसङ्ग जोडिएको पाइन्छ । बलिराजाले जुम्लामा शासन सञ्चालन गरेको समयसम्म जुम्ला राज्यमा दासदासी प्रथा चलिरहेको थियो । उक्त प्रथा अनुसार, आफ्नै छोराछोरी वा पैसा हुनेले गरिबका छोराछोरी किनेर मन्दिरमा बलि दिने गरिन्थ्यो । पछि भने बलिको सट्टा ती बालबालिकालाई मन्दिरमा त्यत्तिकै छाड्ने गरिन्थ्यो । बलिराजाले ती देवदासीलाई लक्ष्मीपूजाको दिनदेखि भिक्षा माग्न घर–घर जान अनुमति दिएका थिए । त्यस्तै, सबै जनतालाई भिक्षा दिन उर्दी गरेका थिए । ती देवदासीले विशेषतः औँसीको दिन भैली खेल्ने गर्दथे । भैलीको अर्थ भलो होस् भन्ने हो । उनीहरूले आफू आएको जानकारी दिने क्रममा ‘देवदासी’ भन्दाभन्दै त्यसैको अपभ्रंश भई ‘देउसिरे’ भएको हो भन्ने भनाइ पनि देखिन्छ ।

अर्को भनाइ अनुसार,

जुम्ली राजा बलिराजाकै पालामा भारततिरबाट प्रवेश गरेको मुसलमान लडाकुको फौजसँग युद्ध गर्नुपरेका कारण राज्य आर्थिक रूपमा कमजोर हुन पुग्यो । त्यसैले जनताबाट कर उठाएर राज्यको आर्थिक स्थिति मजबुत बनाउन बलिराजले देउसी–भैलो खेल्न लगाएर आर्थिक संकलन गरेको हुँदा त्यही समयदेखि देउसी–भैली सुरु भएको हो भन्ने भनाइ समेत भेटिन्छ ।

बलिराजालाई चिनाउने अर्को विवरण अनुसार, बलि (बलिहाङ) राजा इशाको १४औँ शताब्दीतिरका वर्तमान पाल्पा जिल्लामा पर्ने बल्ढेङ्गी गाविसमा पर्ने बलिहाङ रानामगरले स–साना मगर राज्यलाई एकीकरण गरी शक्तिशाली मगर राज्यको स्थापना गरेका थिए । उनको राज्य वर्तमान नेपालको मगरातदेखि भारतको गोेरखासम्म पैmलिएको मानिन्छ । तिनै मगर बलिराजा अत्यन्तै न्यायप्रेमी, धर्मात्मा तथा प्रजाभक्त थिए । उनलाई आफ्ना जनताले असाध्यै माया र सम्मान गर्दथे । एक दिन बलिराजालाई सपनामा कार्तिक औँसीको रातमा उनको मृत्यु हुने भविष्यवाणी भयो । त्यसपछि उनले आफ्ना सबै जनतालाई बोलाएर उक्त भविष्यवाणी सुनाए । त्यो सुनेर सारा जनता शोकमग्न भएर रुँदै, कराउँदै आफ्ना प्रिय राजालाई बचाउने उपायको खोजीमा लागे । अन्तमा सबै जनताले स्वयं राजालाई भेटेर बिन्ती गरे, ‘के गर्दा हामीले तपाईंलाई बचाउन सक्छौँ ?’

यो सुनेर राजाले उपाय बताए, ‘कार्तिक औँसीका दिन मलाई लिन काल आउँदा सबैको घरमा उज्यालो बालेर उनलाई अनुरोध गर्न सके म बाँच्न सक्छु ।’

कार्तिक औँसीको दिन राजाले भनेजस्तै सबैले घरघरमा बत्ती बालेर झिलीमिली पारेर रातभरि ‘फाइलो–फाइलो’ (मगरभाषामा बचाऔँ बचाआँ) भन्दै रात कटाए । यसरी राजाप्रति जनताहरूको अगाध माया देखेर कालले राजालाई प्राणदान दिएर फर्के । यसरी जनताको अगाध मायाका कारण आफू बाँचेको हुनाले बलिराजाले तीन दिनसम्म खुसियाली मनाउन आदेश दिए । जनताहरू त्यही खुसियाली मनाउँदै घरघरमा भेला भएर नाचगान, हाँसखेल गर्दै हिँड्न थाले । यसरी घरघरै मनोरञ्जन गर्दै, नाचगान गर्दै हिँड्ने क्रममा ‘हामी त्यसै आएको होइन, बलिराजाले पठाएको’ भन्दै देउसी–भैलोको सुरुवात भएको हो भन्ने भनाइ मगर समुदायमा भेटिन्छ ।

यसरी हेर्दा के देखिन्छ भने नेपालमा बलिराजा सम्बन्धमा मुख्य तीन प्रकारको विवरण पाइन्छ । पहिलो विवरण अनुसार, बलिराजा दैत्यराजा हिरण्यकशिपुका पनाति, दोस्रो विवरण अनुसार जुम्लाको पहिलो कन्यालवंशी राजा बलिराज रावल र तेस्रो विवरण अनुसार, बल्ढेङ्गी पाल्पाली मगर राजा बलिहाङ । बलिराजासम्बन्धी यी तीनै प्रकारको विवरणहरूसँग देउसी–भैलोको प्रसङ्ग जोडिएको पाइन्छ ।

निष्कर्ष

बलिराजासम्बन्धी पौराणिक, ऐतिहासिक र सांस्कृतिक विवरण प्राप्त गर्न सकिन्छ । यी विवरणका आधारमा हेर्दा जुन–जुन तरिकाले र जहाँ जसरी भए पनि तिहारमा खेलिने देउसी–भैलोको सम्बन्ध जुम्ली राजा बलिराजाको विवरण केही करिब देखिन्छ । पौराणिक पात्रका रूपमा चित्रित हिरण्यकशिपुको पनाति बलिराजा र बल्ढेङ्गी राजा बलिहाङको दुवै विवरणमा काल्पनिक तथा पौराणिक मिथ जोडिएको हुँदा यसमा ऐतिहासिक तथ्यता भेटिँदैन । एउटा सत्य के हो भने वस्तुतः देउसी–भैलो यहाँको रैथाने जातिबाटै प्रारम्भ भएको देखिन्छ । पौराणिक पात्र बलिराजालाई दैत्यराज, असरदेव भनिएको हुँदा उनी अवश्य अनार्य वा गैरवैदिक जाति थिए भन्ने पुष्टि हुन्छ भने पाल्पाका मगर राजा बलिहाङ पनि अनार्य अथवा गैरहिन्दू यहाँको रैथाने जाति थिए । नेपालको कतिपय जातिमा बलिहाङको ऐतिहासिक मिथहरू पाइन्छ । लिम्बू समुदायले मनाउने बलिहाङ तङ्नामा संस्कृति हो कि इतिहास भनेर खोजबिन हुँदै गरेको देखिन्छ, तर यसलाई उनीहरूले इतिहासभन्दा पनि संस्कृतिकै रूपमा मानेर मुन्धुमी सापेक्षतामा खोजी गर्ने गरेको देखिन्छ । राई जातिमा बाली साम्पाङ राई पाइन्छ, तर बलिहाङ राजासँगको निकटतामा यसलाई खोजी गरिएको पाइँदैन । मगर समुदायले पाल्पाली राजा बलिहाङलाई मगर राजा मान्दै उनको दरबारको भग्नावशेषको खोजी र जीर्णोद्वार गर्ने प्रयासमा लागेको समेत देखिन्छ ।

समग्रमा भन्दा खस–आर्यले यज्ञ–अनुष्ठान, दान–दक्षिणा आदिलाई बढी विश्वास गर्ने र प्रायः यज्ञ, होम, पुराणवाचन पूजा आदि सत्सङमार्फत आर्थिक संकलन गर्ने भएको हुँदा जुम्ली राजा बलिराज रावलले आफ्नो राज्यमा आर्थिक संकट हुँदा होस्, वा देवदासीलाई आर्थिक संकलन गर्दा होस्, घरघरमा देउसीभैली खेल्न पठाएको हो भनेर मान्न सकिँदैन । बरु यहाँको रैथाने जाति नाचगान गर्न, मनोरञ्जन गर्न तथा सहयोग आदानप्रदान गर्न खप्पिस छन् । आजभोलि पनि यिनीहरू यसरी सामूहिक रूपमा विभिन्न कार्य गरेर आर्थिक उपार्जन गर्ने र सेवा गर्ने परम्परा देखिन्छ । यसरी हेर्दा के भन्न सकिन्छ भने तिहारमा खेलिने देउसी–भैली यहाँका रैथाने जातिबाटै सुरु भएको र पछि खस–आर्यको आगमनपछि सामाजिक, सांस्कृतिक अन्तर्घुलन भई तिहारमा कुकुर, गोरु, गाई र लक्ष्मीको पूजा गर्ने प्रचलन थपिएको हो । यसरी पछि नेपाली साझा संस्कृतिको रूपमा तिहारलाई लिन सकिन्छ ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

समयमै पहिचान र उपचार गरे कुष्ठरोग पूर्ण निको हुन्छ : नगरप्रमुख हस्त पुन

समयमै पहिचान र उपचार गरे कुष्ठरोग पूर्ण निको हुन्छ : नगरप्रमुख हस्त पुन

सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ, नगद र तास बरामद

सुर्खेतमा जुवा खेलिरहेको अवस्थामा ८ जना पक्राउ, नगद र तास बरामद

सातौँ चन्द्रस्मृति कप २०८३ सम्पन्न: स्थानीय सरोकार समूह च्याम्पियन, ५ लाखसहित उपाधि हात पार्‍यो

सातौँ चन्द्रस्मृति कप २०८३ सम्पन्न: स्थानीय सरोकार समूह च्याम्पियन, ५ लाखसहित उपाधि हात पार्‍यो

खेलकुदमार्फत एकता र प्रतिभा प्रस्फुटन: गुर्भाकोटमा सातौँ चन्द्र स्मृति कप–२०८३ भव्य रूपमा सुरु

चन्द्रस्मृति कप अक्षय कोष स्थापना भएमा रु ५० हजार सहयोग गर्छु’-वडाध्यक्ष किरण कुमार बिक

पोषणमैत्री वडा घोषणापछि दिगोपनामा जोड : स्वास्थ्यचौकी काल्चेमा नागरिक बहस सम्पन्न

पोषणमैत्री वडा घोषणापछि दिगोपनामा जोड : स्वास्थ्यचौकी काल्चेमा नागरिक बहस सम्पन्न

सुर्खेत क्षेत्र नम्बर २ मा रास्वपाका रमेश सापकोटा विजयी

सुर्खेत क्षेत्र नम्बर २ मा रास्वपाका रमेश सापकोटा विजयी

ताजा समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology


Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In