कार्तिक २७ , कोहलपुर
बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ। बर्दियाको गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या भएको हो। खुकुरी प्रहारबाट घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयो । गएराति दुई समूहबीच झडप हुदा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीको भनाई छ । झडपमा संलग्न व्यक्ति फरार रहेका र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
































