कार्तिक २७ , कोहलपुर
बाँकेको राप्तीसोनारी गाउँपालिका वडा न ९ गएराती करिब १२ बजेको समयमा युवाहरू बिच झडप भएको छ। झडपमा परी नेपाली सेनामा कार्यरत बिदामा घरमा आएका राप्तीसोनारी ९ उद्दैनका विष्णु खत्री गम्भीर घाइते भएका छ्न । घाईते खत्रीको नेपालगन्ज मेडिकल कलेज नर्सीङ्ग होममा उपचार भैरहेको छ। उनको टाउकोमा गहिरो चोट लागेको बताइएको छ । कुटपिट गर्ने राप्तीसोनारी ९ का वर्ष १८ को मनोज खत्री, सोही ठाउँ बस्ने वर्ष २४ को जिवन खत्री र वर्ष २५ को केशव पुनलाइ प्रहरी पक्राउ गरेको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
































