कार्तिक २७, नेपालगन्ज
बाँकेको नेपालगन्जमा संचालनमा रहेको सौगात इलेक्ट्रोनिक हबमा आगलागी भएको छ। नेपालगन्जको घरबारि टोलमा अवस्थित सौगात इलेक्ट्रोनिक हबमा आगलागी भएको हो। पसलको सटर बन्द भएको अवस्थामा आगलागी भाको हुँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बिसीले जानकारी दिनुभयो ।
आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको र क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको उहाँको भनाई छ । दुईवटा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको बिसीले बताउनुभयो । तिहारको बेला दियो बिभिन्न खाले लाइट लगाउदा बिधुत सर्ट भएर आगोलागिको जोखिम बढ्ने हुँदा साबधानि अपनाउन प्रहरीले आग्रह गरेको छ।
































