कार्तिक २७, सुर्खेत
पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाबाट तीन प्रहरीसहित २७ जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बाबियाचौरको प्रहरी टोलीले उनीहरुलाई पकाउ गरेको हो। चौकुने गाउँपालिका ६ जुम्ल्याहा मुलमा जुवा खेलिरहेका २७ जना जुवाडेलाई नगदसहित गए राति सवा १ बजे पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको साथबाट २ लाख २८ हजार नगद समेत बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय बाबियाचौर सुर्खेतका प्रहरी निरिक्षक बिनोद सुबेदीको नेतृत्वमा गएको प्रहरी टोलिले उनिहरुलाइ नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबै जनालाई वीरेन्द्रनगर ल्याइएको र पक्राउ परेकाहरुको परिचय भने गोप्य राखिएको छ ।
































