कार्तिक २५ ,सुर्खेत
सल्यानको कालिमाटी गाँउपालिका वडा नम्बर ५ काल्चेमा पहिलो पटक बिजुली बलेको छ। शुक्रवार कालिमाटी गाँउपालिका अध्यक्ष दान दाङ बहादुर खत्रीले काल्चेमा बिधुत उद्घाटन गर्नु भएको हो। सो अवसरमा गाँउपालिका अध्यक्ष दान बहादुर खत्रीले बिधुताले बिकासका अन्य अवसरलाई उजागर गर्ने भन्दै बिधुतको उपयोग मार्फत नागरिकको आर्थिक अवस्थामा थप सुधार हुने अपेक्षा व्यक्त गर्नु भयो। साथै उहाले पालिकाको सबै ठाँउमा बिधुतिकरणको लागी सबै पक्ष सँग समन्वय भईरहेको बताउनु भयो।

यस्तै कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष टोप बहादुर कार्कीले बिगत लामो समय देखि बिजुली बत्ति बाल्ने काल्चे निवासीको सपना पुरा गर्न बिधुत बिस्तारमा सहयोग गर्नु हुने सबैलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो। सडक, बिधुत, खानेपानी लगाएतका बिभिन्न समस्याले जेलिएको कालिमाटी गाँउपालिकामा स्थानीय सरकार आयपछी बिस्तारै विकासका पुर्वाधारहरु तयार हुदै गएको कालिमाटी गाँउपालिका अध्यक्ष दान बहादुर खत्रीले जानकारी दिनु भयो।
































