Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

यमपञ्चकको पहिलो दिन, आज काग तिहार

यमपञ्चकको पहिलो दिन, आज काग तिहार

२५ कात्तिक, काठमाडौं ।

प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिए । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुन्छ ।

कात्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । यसैले शनिबारदेखि नै यमपञ्चक सुरु हुने समितिले जनाएको हो । ‘सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्था अनुसार यस्तो निर्णय गरिएको हो,’उनले भने । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनत्रयोदशी (धनतेरस) पर्व भने शनिबार नै मनाउनुपर्ने समितिले जनाएको छ । यसैगरी आज धनवन्तरी जयन्ती पनि मनाइन्छ ।

तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।

कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । आइतबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।

गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवद्र्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।

भाइटीका कात्तिक २९ गते १०:५१ बजे उत्तम

कात्तिक २९ गते बुधबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान १०:५१ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष अधिकारीले बताए । सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् नै हुने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा कात्तिक २९ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।

परम्परा अनुसार नेवार समुदायका केही मानिसले भने कात्तिक २८ र ३० गतेसमेत किजापूजाका नाममा यो पर्व मनाउने घोषणा गरेका छन् । झिलीमिलीको चाड पनि भनिने तिहारका अवसरमा एक हप्ता अघिदेखि नै राजधानी लगायत प्रमुख शहरमा थरी थरीका बत्ती बाल्न सुरु भइसकेको छ । बत्तीको उज्यालोले शहरमा घुम्दा समेत मन आनन्दित हुन्छ । केहीले आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाकै दिनदेखि दीपावलीलाई निरन्तरता दिन्छन् ।

यस अवसरमा विकृतिका रुपमा फैलिएको पटाका पट्काउनेले गर्दा दुर्घटना पनि हुने गरेको छ । जताततै पटाका पड्काउँदा आगलागी, अरुलाई लागेर घाइते हुने, आँखालगायत अङ्गभङ्ग हुने समस्यासमेत बढ्न थालेको छ । रासस

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

प्रगतिशील स्वास्थ्य आमा समूहद्वारा खानेपानीको मुहान तथा ट्याङ्की सरसफाइ अभियान सम्पन्न

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

असहाय तथा विपन्न वर्गलाई न्यायमा पहुँच दिलाउन गुर्भाकोटको पहल

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

स्वस्थ जीवनशैली बिना स्वस्थ शहर सम्भव छैन : मन्त्री भण्डारी

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In