कार्तिक २४ , सुर्खेत
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर घाइते भएका जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१, का २६ वर्षीय निरज विष्ट रहेका छन्। नगर प्रहरी कार्यालय चौरजहारीमा कार्यरत नगर प्रहरी जवान विष्टको उपचारका क्रममा आज शुक्रवार मृत्यु भएको हो। उनको टाउँको तथा शरीरका विभिन्न भागहरुमा गहिरो चोट लागेका कारण न्यूरो आईसियुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको उपचारका क्रममा आज शुक्रबार बिहान ८ : ४५ बजे प्रदेश अस्पताल कालाकागाउँ सुर्खेतमा मृत्यु भएको अस्पतालले जनाएको छ। हाल २१ जना उपचाररत रहेका छन्। उनको मृत्युसँगै जाजरकोट भूकम्पमा परी मृत्यु हुनेको संख्या १५४ पुगेको छ। जसमा १०१ जाजरकोटका र ५३ जना रुकुमपश्चिका छन्।
































