धर्म गौतम – कार्तिक २४ ,कोहलपुर
बाँकेको कोहलपुरमा उपभोक्ता हित संरक्षण मन्च गठन गरिएको छ। बिष्णु बेल्वासेको अध्यक्षमतामा उपभोक्ता हित संरक्षण मन्च कोहलपुर गठन गरिएको हो। आज (शुक्रवार) गठन भएको समितिको उपाध्यक्षमा बैकुण्ठप्रसाद अधिकारी,सचिवमा हुमहरी भट्टराई,सहसचिवमा सरला सुवेदी र कोषाध्यक्षमा प्रतिमा कँडेल चयन भएका छन्। यस्तै सदस्यमा गोविन्द चौधरी र केशवराज रिजाल चयन भएका छन्। उपभोक्ता हित संरक्षण मन्च प्रदेश उपाध्यक्ष प्रभातसिंह ठकुरीको आतिथ्यतामा मन्च गठन गरिएको थियो।
































