कार्तिक २४ ,सुर्खेत
गुर्भाकोट नगरपालिकाले आउदै गरेको नेपालीहरुको महान चाड तिहार र छट पर्वलाई हर्ष र उत्साहपुर्वक रुपमा मनाउन आग्रह गरेको छ। ‘तिहार एवं छट पर्वले हामि र हाम्रो समुदायमा आपसी भाईचार, सद्भाव र मित्रता अझै मजबुद र प्रगाढ बनाउन सकारात्मक भूमिका खेल्नेछ । साथै नगरको बिकास र सम्बृदीमा सम्पूर्ण नगर निवासीको साथ् सहयोग र हौसला एवं सकारात्मक सुझावको सदैभ अपेक्षा गरेका छौ” नगरप्रमुख हस्त पुन द्वारा हस्ताक्षरित सुभकामना सन्देशमा उल्लेख गरिएको छ।
साथै उक्त सुभकामना सन्देशमा देश तथा बिदेशमा रहुनु भएका सम्पूर्ण नेपाल नागरिक एवं गुर्भाकोट निवासिमा सुख शान्ति सम्बृदी एवं सुस्वास्थ तथा दिर्घायुको कामना सहित हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछौ। यता गुर्भाकोट नगरपालिकाका १४ वटै वडा कार्यालयले पनि तिहार तथा छट पर्व २०८० को सुभकामना संदेश व्यक्त गर्दै तिहारमा खेलिने देउसी भैलोलाई वडाले गरेको आग्रह तथा अनुरोध बमोजिम सस्कृति झल्किने गरि खेल्न पनि आग्रह गरेका छन्।
































