अम्मर राजबंशी
कार्तिक २३,सुर्खेत
गत कार्तिक १७ गते आएको विनासकारी भुकम्प बाट प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा पुगेर बोटेचौर बजार ब्यबस्थापन समितिले राहात सामाग्री हस्तान्तरण गरेको छ। बोटेचौर बजार व्यवस्थापन समिती र वडा नम्बर ९ को वडा कार्यालयको समन्वयमा बोटेचौर बजारबाट संकलन गरिएको राहात सामग्री हस्तान्तरण गरिएको बजार ब्यबस्थापन समितिका अध्यक्ष नवीन सुनारले जानकारी दिनुभयो। उहाँका अनुसार बोटेचौर बजार बाट संकलन भएका खाद्यान्न, लत्ताकपडा लगाएतका सामग्रीहरू भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा र पश्चिम रूकुममा पुगेर जिल्ला स्तरिय विपद व्यवस्थापन समिति मार्फत हस्तान्तरण गरिएको हो।
































