८ मंसिर,बर्दिया
गत कात्तिक २७ गते मध्यरातमा गुलरिया-६ का एक युवाको हत्या गरेको अभियोग लागेपछि फरार थप दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
गुलरिया-५ जुस फ्याक्ट्री नजिक देउसी, भैलो खेल्ने क्रममा एक समूहले आक्रमण गरी २० वर्षीय वरुण घिमिरेको हत्या गरेको थियो । घिमिरेको हत्यामा संलग्न गुलरिया-५ बगलामुखी टोलका फरार अभियोगी २० वर्षीय आलोक आश्रित र गुलरिया-४ गणेश चोकका १९ वर्षीय सुमन सुनारलाई बाँके प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डीएससी तुलसीराम अधिकारीले बताउनु भयो ।
‘यसअघि गुलरिया-६ का २३ वर्षीय सुलभ थापासहित ६ जनालाई पक्राउ गरी मुद्दा दायर गरिसकेका छौं,’ डीएसपी अधिकारीले भने, ‘व्यक्तिगत रिसीइबीका कारण उनको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।’ उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






























