Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन गुर्भाकोटमा प्रधानाध्यापकसँग समीक्षा बैठक

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन गुर्भाकोटमा प्रधानाध्यापकसँग समीक्षा बैठक

२६ जेठ, सुर्खेत-

गुर्भाकोट नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा स्थानीय कृषि उपजमा आधारित विद्यालय दिवा खाजा कार्यक्रम (होम ग्रोन स्कुल फिडिङ प्रोग्राम) सम्बन्धी समीक्षात्मक बैठक सम्पन्न भएको छ। कार्यक्रममा नगरभित्र रहेका ७२ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको सहभागिता रहेको थियो। नगर प्रमुख हस्त पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा World Food Programme (WFP) को सहयोग तथा समन्वयमा विद्यालय दिवा खाजा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा प्रशिक्षक रुद्र सुनारले स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रमको अवधारणा, पोषण व्यवस्थापन तथा कार्यान्वयनका विविध पक्षबारे सहजीकरण गरेका थिए। शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बलवीर विकले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै विद्यालयमा उपलब्ध गराइने दिवा खाजालाई थप पोषणयुक्त, गुणस्तरीय तथा स्थानीय कृषि उत्पादनसँग जोड्दै लैजानुपर्ने आवश्यकता औंल्याए। कार्यक्रममा शाखाका कर्मचारी खगेन्द्र माझी लगायतको पनि उपस्थिति रहेको थियो।

बैठकमा सहभागी प्रधानाध्यापकहरूले दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय किसानसँग विद्यालयको प्रत्यक्ष समन्वय बढाउनुपर्ने, विद्यालय परिसरमा करेसाबारी तथा पोषण बगैंचा विस्तार गर्नुपर्ने, खाद्य सामग्रीको गुणस्तर सुनिश्चित गर्नुपर्ने तथा विद्यार्थीको पोषण अवस्थालाई नियमित अनुगमन गर्नुपर्ने सुझाव दिएका थिए। उनीहरूले स्थानीय उत्पादनको प्रयोगले किसानको आम्दानी वृद्धि हुनुका साथै विद्यालयस्तरमै पोषण सुधारमा टेवा पुग्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा नगर प्रमुख हस्त पुनले विद्यालय दिवा खाजा कार्यक्रम केवल खाना वितरणमा सीमित नभई विद्यार्थीको स्वास्थ्य, सिकाइ उपलब्धि र स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण अभियान भएको बताउनु भयो। उहाँले स्थानीय किसानले उत्पादन गरेका अन्न, तरकारी तथा अन्य खाद्य सामग्रीलाई विद्यालयको दिवा खाजामा समावेश गर्न सके विद्यार्थीले ताजा र पोषणयुक्त खाना पाउने तथा स्थानीय उत्पादनले समेत बजार सुनिश्चितता पाउने उल्लेख गर्नुभयो । नगर प्रमुख पुनले विद्यालय, अभिभावक, किसान तथा स्थानीय सरकारबीचको सहकार्यलाई थप मजबुत बनाउँदै दिवा खाजा कार्यक्रमलाई नमूना कार्यक्रमका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्दै प्राप्त सुझावहरूलाई आगामी योजना तथा नीतिमा समेट्दै कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाइने बताउनु भयो।

बैठकमा सहभागीहरूले पोषणयुक्त खाना, स्थानीय उत्पादनको प्रवर्द्धन तथा विद्यार्थीको स्वास्थ्य सुधारलाई केन्द्रमा राखेर दिवा खाजा कार्यक्रमलाई आगामी दिनमा थप व्यवस्थित र परिणाममुखी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

कालिमाटी ६ मा नागरिक संवाद सम्पन्न, उत्कृष्ट SEE विद्यार्थी सम्मानित

कालिमाटी ६ मा नागरिक संवाद सम्पन्न, उत्कृष्ट SEE विद्यार्थी सम्मानित

गुर्भाकोट नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ घोषणा गर्न नीतिगत छलफल

गुर्भाकोट नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ घोषणा गर्न नीतिगत छलफल

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

गुर्भाकोटमा पाइल्स तथा फिस्टुला स्क्रिनिङ्ग शिविर सम्पन्न, ११६ जनाले लिए सेवा

गुर्भाकोटमा पाइल्स तथा फिस्टुला स्क्रिनिङ्ग शिविर सम्पन्न, ११६ जनाले लिए सेवा

गोकलपुर मिनिरङ्गशालामा थप प्याराफिट निर्माण सुरु

गोकलपुर मिनिरङ्गशालामा थप प्याराफिट निर्माण सुरु

दुःखको घडीमा शोकाकुल परिवारलाई खाद्यान्न सहयोग

दुःखको घडीमा शोकाकुल परिवारलाई खाद्यान्न सहयोग

ताजा समाचार

कालिमाटी ६ मा नागरिक संवाद सम्पन्न, उत्कृष्ट SEE विद्यार्थी सम्मानित

कालिमाटी ६ मा नागरिक संवाद सम्पन्न, उत्कृष्ट SEE विद्यार्थी सम्मानित

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन गुर्भाकोटमा प्रधानाध्यापकसँग समीक्षा बैठक

स्थानीय कृषि उपजमा आधारित दिवा खाजा कार्यक्रम प्रभावकारी बनाउन गुर्भाकोटमा प्रधानाध्यापकसँग समीक्षा बैठक

गुर्भाकोट नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ घोषणा गर्न नीतिगत छलफल

गुर्भाकोट नगरपालिकालाई ‘पोषणमैत्री पालिका’ घोषणा गर्न नीतिगत छलफल

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

भेरीगंगामा ईभी गाडी दुर्घटना, पाँच जना घाइते

गुर्भाकोटमा पाइल्स तथा फिस्टुला स्क्रिनिङ्ग शिविर सम्पन्न, ११६ जनाले लिए सेवा

गुर्भाकोटमा पाइल्स तथा फिस्टुला स्क्रिनिङ्ग शिविर सम्पन्न, ११६ जनाले लिए सेवा

गोकलपुर मिनिरङ्गशालामा थप प्याराफिट निर्माण सुरु

गोकलपुर मिनिरङ्गशालामा थप प्याराफिट निर्माण सुरु

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In