Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

गुर्भाकोटमा दादुरा नियन्त्रणका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न, वडा नं. ९ मा विशेष खोप अभियान सञ्चालन

गुर्भाकोटमा दादुरा नियन्त्रणका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न, वडा नं. ९ मा विशेष खोप अभियान सञ्चालन

२० जेठ, सुर्खेत–

गुर्भाकोट नगरपालिकामा दादुरा महामारी नियन्त्रण तथा प्रकोप व्यवस्थापन सम्बन्धी पालिकास्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नगर प्रमुख तथा पालिकास्तरीय खोप समन्वय समितिका संयोजक हस्त पुनको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्ती, विभिन्न वडाका वडाध्यक्ष तथा वडा स्तरीय खोप समन्वय समितिका संयोजकहरू, वडा सदस्य, कार्यपालिका सदस्य, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका कर्मचारी लगायतको सहभागिता रहेको थियो।

नगरपालिकाका अनुसार गुर्भाकोट नगरपालिका–९ को दमार गाउँमा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिएको जानकारी जेठ ११ गते प्राप्त भएपछि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पुगेको थियो। जेठ १२ गते पाँच जनाको नमुना परीक्षणका लागि जनस्वास्थ्य सेवा कार्यालयमा पठाइएकोमा परीक्षण रिपोर्टमा संक्रमण पुष्टि भएको थियो। त्यसपछि नगरपालिकाले जनस्वास्थ्य सेवा कार्यालय, स्वास्थ्य संस्थाहरू तथा सरोकारवालासँग समन्वय गरी दादुरा नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको हो।

यसैक्रममा आज वडा नं. ९ अन्तर्गतका संस्थागत तथा सामुदायिक विद्यालयहरूमा दादुराविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ। खोप कार्यक्रममा गुर्भाकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख पूर्णबहादुर घर्ती, आधारभूत स्वास्थ्य केन्द्र बोटेचौरका प्रमुख नेत्रलाल खत्री, मेहेलकुना अस्पतालका प्रमुख डा. अजय महतो, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका कर्मचारी, स्वास्थ्य संस्था तथा स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू र खगेन्द्र भण्डारी लगायतको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रममा दादुरा रोगको जोखिम, रोकथामका उपाय, खोपको महत्व तथा महामारी नियन्त्रणका लागि समुदायको भूमिका सम्बन्धी जानकारी प्रदान गरिएको थियो।

नगर प्रमुख एवं पालिकास्तरीय खोप समन्वय समितिका संयोजक हस्त पुनले दादुरा जस्तो संक्रामक रोगको नियन्त्रणका लागि सबै पक्षको समन्वय र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। उहाँले दादुरा विरुद्धको खोप सुरक्षित र प्रभावकारी भएकाले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुने उल्लेख गर्नुभयो। “दादुराको संक्रमण देखिएलगत्तै नगरपालिकाले आवश्यक सतर्कता अपनाउँदै स्वास्थ्यकर्मी परिचालन, नमुना परीक्षण, अभिमुखीकरण तथा खोप अभियान सञ्चालन गरेको छ। सबै अभिभावकले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा खोप लगाएर दादुरा नियन्त्रण अभियानलाई सफल बनाउन सहयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो। नगर प्रमुख पुनले स्वास्थ्य संस्थाहरू, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा समुदायलाई सचेतना अभिवृद्धि गर्दै संक्रमण फैलिन नदिन सामूहिक रूपमा जिम्मेवार भूमिका निर्वाह गर्न पनि आग्रह गर्नुभयो।

दादुरा के हो?

दादुरा (Measles) एक अत्यन्त संक्रामक भाइरल रोग हो, जुन संक्रमित व्यक्तिको हाच्छ्युँ, खोकी वा सम्पर्कबाट सजिलै फैलिन्छ। विशेषगरी खोप नलगाएका बालबालिका यसको उच्च जोखिममा रहने गर्छन्।

दादुराका प्रमुख लक्षणहरू

उच्च ज्वरो आउने
नाकबाट सिँगान बग्ने
लगातार खोकी लाग्ने
आँखा रातो हुने तथा आँसु आउने
शरीरभरि रातो दाना वा बिमिरा देखिने
कमजोरी तथा थकान महसुस हुने

दादुरा रोकथामका उपायहरू

समयमै दादुराविरुद्धको खोप लगाउने
संक्रमित व्यक्तिसँगको सम्पर्क कम गर्ने
व्यक्तिगत सरसफाइमा ध्यान दिने
साबुनपानीले नियमित हात धुने
भीडभाड भएका स्थानमा सावधानी अपनाउने
लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्ने

स्वास्थ्यकर्मीहरूले दादुराबाट बच्न खोप नै सबैभन्दा प्रभावकारी र सुरक्षित उपाय भएको भन्दै अभिभावकलाई आफ्ना बालबालिकाको नियमित खोप सुनिश्चित गर्न आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा सहित दलित एकल महिलालाई बोका–पाठी वितरण

आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा सहित दलित एकल महिलालाई बोका–पाठी वितरण

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

गुर्भाकोटमा निःशुल्क पाइल्स, फिस्टुला तथा मलद्वार रोग स्क्रिनिङ शिविर सञ्चालन हुँदै

कर्णाली सरकारको नीति तथा कार्यक्रम:शून्य बेरुजु अभियानदेखि शिक्षामा समतामूलक पहुँच सम्म

कर्णाली सरकारको नीति तथा कार्यक्रम:शून्य बेरुजु अभियानदेखि शिक्षामा समतामूलक पहुँच सम्म

जोखिम न्यूनीकरणमा गुर्भाकोटको अग्रसरता

जोखिम न्यूनीकरणमा गुर्भाकोटको अग्रसरता

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

भेरीगंगा नगरपालिकाद्वारा अतिक्रमण हटाउन ३५ दिने सार्वजनिक सूचना जारी

भेरीगंगाद्वारा फोहोर व्यवस्थापनमा कडाइ, जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने

ताजा समाचार

आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा सहित दलित एकल महिलालाई बोका–पाठी वितरण

आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा सहित दलित एकल महिलालाई बोका–पाठी वितरण

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

गुर्भाकोटमा निःशुल्क पाइल्स, फिस्टुला तथा मलद्वार रोग स्क्रिनिङ शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा दादुरा नियन्त्रणका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न, वडा नं. ९ मा विशेष खोप अभियान सञ्चालन

गुर्भाकोटमा दादुरा नियन्त्रणका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न, वडा नं. ९ मा विशेष खोप अभियान सञ्चालन

कर्णाली सरकारको नीति तथा कार्यक्रम:शून्य बेरुजु अभियानदेखि शिक्षामा समतामूलक पहुँच सम्म

कर्णाली सरकारको नीति तथा कार्यक्रम:शून्य बेरुजु अभियानदेखि शिक्षामा समतामूलक पहुँच सम्म

जोखिम न्यूनीकरणमा गुर्भाकोटको अग्रसरता

जोखिम न्यूनीकरणमा गुर्भाकोटको अग्रसरता

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In