Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

जोखिम न्यूनीकरणमा गुर्भाकोटको अग्रसरता

जोखिम न्यूनीकरणमा गुर्भाकोटको अग्रसरता

१७ जेठ, सुर्खेत-

गुर्भाकोट नगरपालिकामा भौगर्भिक अध्ययन प्रतिवेदन प्रस्तुत तथा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना (डीपीआरपी) २०८३ स्वीकृति कार्यक्रम सम्पन्न भएको छ। प्रारम्भ परियोजना अन्तर्गत Welthungerhilfe को आर्थिक सहयोग, ली-बर्डको समन्वय तथा गुर्भाकोट नगरपालिकाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

नगर प्रमुख हस्त पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) तथा ली-बर्डका प्रतिनिधिसहित ४३ जनाको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन दीपक शर्माले गर्नुभएको थियो। कार्यक्रममा भूगर्भविद् डा. अशोक सिग्देलले गुर्भाकोट नगरपालिकाभित्रका ९ स्थानमा गरिएको भौगर्भिक अध्ययनको प्रतिवेदन प्रस्तुत गर्नुभयो। अध्ययनमा काल्चे, खोलाढाब, लेकमालारानी, काउले, हिले, लेककुरीले, पोखरीपाटा, तिल्केनी/सिन्दुरेखोला तथा हिलेनी क्षेत्र समेटिएका थिए।

प्रतिवेदनअनुसार पोखरीपाटा, काउले र हिलेनी क्षेत्रलाई कक्षा–१ अन्तर्गत उच्च जोखिमयुक्त तथा स्थानान्तरण आवश्यक पर्ने क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ। काल्चे, खोलाढाब, हिले, लेककुरीले र तिल्केनी/सिन्दुरेखोलालाई कक्षा–२ अन्तर्गत मध्यम जोखिमयुक्त क्षेत्र मानिएको छ, जहाँ जैविक इन्जिनियरिङ तथा प्रकृतिमा आधारित समाधान आवश्यक देखिएको छ। लेकमालारानी क्षेत्र भने कक्षा–३ अन्तर्गत सुरक्षित क्षेत्रका रूपमा उल्लेख गरिएको छ। अध्ययनले गुर्भाकोट नगरपालिका चुरे तथा मध्यपहाडी भू-भागमा पर्ने भएकाले यहाँको भौगोलिक संरचनाका कारण पहिरोको जोखिम उच्च रहेको निष्कर्ष निकालेको छ।

कार्यक्रममा NDRRMA का भूगर्भविद् प्रकाश पोखरेलले जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थित रूपमा स्थानान्तरण गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले जोखिम न्यूनीकरणका लागि दीर्घकालीन योजना र स्रोत परिचालनमा प्राधिकरणले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसपछि विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८३ सम्बन्धी दस्तावेजमाथि छलफल तथा सुझाव सङ्कलन गरिएको थियो। सहभागीहरूले दिएका सुझावहरू समेटेर योजना परिमार्जन तथा स्वीकृत गरिएको जनाइएको छ।

समापन समारोहमा नगर प्रमुख हस्त पुनले अध्ययन गरिएका ९ मध्ये ८ क्षेत्र कुनै न कुनै रूपमा जोखिममा रहेको उल्लेख गर्दै बाँकी क्षेत्रहरूको अध्ययनसमेत निरन्तर जारी रहेको जानकारी दिनुभयो। उहाँले जोखिमयुक्त क्षेत्रमा अनियन्त्रित विकास निर्माण, सडक विस्तार तथा वातावरणीय प्रभावका कारण विपद्को सम्भावना बढ्दै गएको भन्दै सबै सरोकारवालाबीच समन्वय र जिम्मेवार भूमिका आवश्यक रहेको बताउनुभयो। नगर प्रमुख पुनले समुदायस्तरमा विपद् सम्बन्धी ज्ञान, पूर्वतयारी र सचेतना अभिवृद्धि गर्न सके मात्र जनधनको क्षति न्यूनीकरण गर्दै सुरक्षित समाज निर्माण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा सहित दलित एकल महिलालाई बोका–पाठी वितरण

आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा सहित दलित एकल महिलालाई बोका–पाठी वितरण

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

गुर्भाकोटमा निःशुल्क पाइल्स, फिस्टुला तथा मलद्वार रोग स्क्रिनिङ शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा दादुरा नियन्त्रणका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न, वडा नं. ९ मा विशेष खोप अभियान सञ्चालन

गुर्भाकोटमा दादुरा नियन्त्रणका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न, वडा नं. ९ मा विशेष खोप अभियान सञ्चालन

कर्णाली सरकारको नीति तथा कार्यक्रम:शून्य बेरुजु अभियानदेखि शिक्षामा समतामूलक पहुँच सम्म

कर्णाली सरकारको नीति तथा कार्यक्रम:शून्य बेरुजु अभियानदेखि शिक्षामा समतामूलक पहुँच सम्म

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

भेरीगंगा नगरपालिकाद्वारा अतिक्रमण हटाउन ३५ दिने सार्वजनिक सूचना जारी

भेरीगंगाद्वारा फोहोर व्यवस्थापनमा कडाइ, जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिने

ताजा समाचार

आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा सहित दलित एकल महिलालाई बोका–पाठी वितरण

आत्मनिर्भरता अभिवृद्धिमा टेवा पुग्ने अपेक्षा सहित दलित एकल महिलालाई बोका–पाठी वितरण

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

गुर्भाकोटमा निःशुल्क पाइल्स, फिस्टुला तथा मलद्वार रोग स्क्रिनिङ शिविर सञ्चालन हुँदै

गुर्भाकोटमा दादुरा नियन्त्रणका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न, वडा नं. ९ मा विशेष खोप अभियान सञ्चालन

गुर्भाकोटमा दादुरा नियन्त्रणका लागि पालिकास्तरीय अभिमुखीकरण सम्पन्न, वडा नं. ९ मा विशेष खोप अभियान सञ्चालन

कर्णाली सरकारको नीति तथा कार्यक्रम:शून्य बेरुजु अभियानदेखि शिक्षामा समतामूलक पहुँच सम्म

कर्णाली सरकारको नीति तथा कार्यक्रम:शून्य बेरुजु अभियानदेखि शिक्षामा समतामूलक पहुँच सम्म

जोखिम न्यूनीकरणमा गुर्भाकोटको अग्रसरता

जोखिम न्यूनीकरणमा गुर्भाकोटको अग्रसरता

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

रास्वपाको प्रथम गुर्भाकोट नगर अधिवेशन सम्पन्न:सभापतिमा दिनेश सुनार निर्वाचित

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In