Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

पुराना दलबाट “केही भएन” भन्ने आरोपको खण्डन गर्दै वडाध्यक्ष पुलामी:कालिमाटी–६ मा विकासका आधार देखिन्छन्

पुराना दलबाट “केही भएन” भन्ने आरोपको खण्डन गर्दै वडाध्यक्ष पुलामी:कालिमाटी–६ मा विकासका आधार देखिन्छन्

१२ माघ,सल्यान-

कालिमाटी गाउँपालिका सल्यान लगाएत देशैभर पुराना दल बाट विकासको नाममा केहि भएन /गरिएन भन्ने भनाईको यति बेला खण्डन भईरहेका छन्। यहि सन्दर्भमा कालिमाटी गाउँपालिका वडा नं. ६ मा पनि “पुराना दलबाट केही पनि विकास भएन” भन्ने धारणा फैलिएको भन्दै वडाध्यक्ष टेकराज पुलामीले वास्तविकता अध्ययन गरेर मात्र टिप्पणी गर्न आग्रह गर्नु भएको छ। उहाँले सामाजिक संजालमा विकासका निर्माणका कामहरु लेख्दै २०६५ साल अघिको अवस्था र अहिलेको अवस्थाबीच तुलना गर्दा वडामा पूर्वाधार, सेवा पहुँच र जनजीवनमा उल्लेखनीय परिवर्तन भएको उल्लेख गर्नु भएको छ।

वडाध्यक्ष पुलामीका अनुसार विगतमा सडक सञ्जाल अत्यन्तै कमजोर हुँदा नेपालगन्ज, मेहेलकुना, जहरे, बोटेचौर हुँदै सदरमुकाम धाउनुपर्ने बाध्यता थियो। अहिले टोलटोलमा कच्ची सडक विस्तार भई यातायात पहुँच सहज बन्दै गएको उहाँले बताउनु भयो। “सबै ठाउँमा पक्की सडक पुगिसकेको छैन, तर आवतजावतमा पहिले जस्तो कठिन अवस्था अब छैन,” उहाँले भन्नुभयो। उहाँका अनुसार स्वास्थ्य सेवामा पनि सुधार आएको छ। वडाबासीलाई आधारभूत उपचारका लागि टाढा जानुपर्ने बाध्यता घटेको छ भने विद्यालय पहुँच पनि नजिकिएको छ। खानेपानी सुविधा अधिकांश घरधुरीमा पुगेको तथा सञ्चार सेवा विस्तारले सूचना पहुँच सहज भएको वडाध्यक्ष पुलामीको भनाइ छ।

विद्युत् विस्तारका लागि वडाका सबै टोलमा पोल गाडिसकिएको र छिट्टै बत्ती बाल्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। यसैगरी केही खोलामा पुल निर्माण भएको र झण्डै १४० भन्दा बढी घरमा जस्ता पाता फेरिएको पनि उहाँले उल्लेख गर्नु भएको छ। “सबै काम सम्पन्न भइसकेको छैन, विकास निरन्तर प्रक्रिया हो,” पुलामीले भन्नुभयो, “तर ‘केही पनि भएन’ भन्नु यथार्थ होइन। २०६५ अघिको अवस्था र अहिलेको अवस्था तुलना गरेर मात्र आलोचना गरिनुपर्छ।” उहाँले तथ्य र अध्ययनमा आधारित आलोचना सधैं स्वागतयोग्य हुने तर भ्रम फैलाउने गतिविधिले समाजलाई नकारात्मक असर पार्ने बताउनु भयो। “हामी सबैको सहकार्यबाट बाँकी काम अघि बढाउन सकिन्छ,” उहाँले थप्नुभयो।

स्थानीय स्तरमा सेवा लिनका लागि पहिले जस्तो दैनिक रूपमा सदरमुकाम धाउनुपर्ने अवस्था घटेको, विभेदका घटना कम हुँदै गएको र सामाजिक चेतनामा पनि परिवर्तन आएको उहाँको दाबी छ। वडाध्यक्ष पुलामीले निकट भविष्यमा वडामा भएका विकास गतिविधिको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी रहेको समेत जानकारी दिनुभएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

शुभाघाट शहरी खानेपानी अवरुद्द हुँदा मेहेलकुना–बोटेचौर क्षेत्रमा खानेपानी संकट, व्यवसायसमेत प्रभावित

घाटा बेहोरेर भएपनी शुभाघाट शहरी खानेपानीले सीमित समयका लागि पानी वितरण गर्ने

सुर्खेतको भेरीगंगामा टिप्परको ठक्करबाट एक युवकको मृत्यु

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

कालिमाटी गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

वैशाख ११ देखि गुर्भाकोट नगरपालिकामा वडास्तरीय सार्वजनिक सुनुवाइ हुने

व्यवसाय कर नवीकरण गर्न गुर्भाकोट नगरपालिकाको आग्रह

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

लोकतन्त्रका आदर्श पुरुष कृष्णप्रसाद भट्टराईको योगदान भावी पुस्तासम्म पुर्‍याउन प्रतिष्ठान निर्माण : पूर्णबहादुर खड्का

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In