१० माघ, सुर्खेत-
गुर्भाकोट नगरपालिका–९ बोटेचौर दश दिनसम्म उत्सवमय बन्यो। माघ १ गतेदेखि सुरु भएको २०औँ माघी मेला–२०८२ संगीत, संस्कृति, कृषि, व्यापार र खेलकुदको संगम बन्दै आज भव्य रूपमा सम्पन्न भएको छ। मेलाले बोटेचौरलाई फेरि एकपटक कर्णाली क्षेत्रकै चर्चित सांस्कृतिक केन्द्रका रूपमा स्थापित गरेको छ। “माघी मेला युवाको अभियान : कृषि, खेलकुद, व्यापार तथा संस्कृतिको पहिचान” भन्ने मूल नारासहित आयोजना गरिएको मेलाले परम्परा र आधुनिकताको सुन्दर मेल गराएको देखिन्थ्यो। उद्घाटन देखि समापनसम्म हजारौँ दर्शकको उपस्थितिले मेला झन् जीवन्त बनेको थियो।
माघी मेलाले बोटेचौरलाई फेरि एकपटक उल्लास, संस्कृति र आर्थिक गतिविधिको केन्द्र बनाउँदै स्थानीय पहिचानलाई उजागर गरेको छ।आज माघ १० गते महानायक राजेश हमाल तथा हास्य कलाकार बल्छी धुर्वे आउने तय भई प्रचार-प्रसार गरिएतापनि गएराती आएको हावाहुरीले मेलाको स्टेज भत्काइदिएको तथा व्यापारिक स्टलमा समेत क्षति पुगेकाले आजको प्रस्तुति स्थगित गरिएको आयोजकले बताएको छ।

???? कलाकारको प्रस्तुति, दर्शकको हुटिङ
मेलाको मुख्य आकर्षण राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति रह्यो। मेलामा चर्चित नायक पल शाह को उपस्थितिले माहोल ततायो भने गायकहरू खुमन अधिकारी, रामजी खाँड, टंक तिमिलसिना, पूर्णकला बिसी, अर्जुन सापकोटा, विशाल सोनी, शिव संगीत, गोपाल नेपाल (जिएम), चक्र बल, रेखा पोखरेल, सिमरण परियार, धिरज कोईराला लगायत कलाकारले गीत–संगीतमार्फत दर्शकलाई झुमाएका थिए । स्थानीय मौलिक नाचगान र लोकसंस्कृतिको प्रस्तुति पनि उत्तिकै आकर्षक बन्यो, जसले नयाँ प्रतिभालाई मञ्च प्रदान गरेको छ।

???? कृषि, उद्योग र स्थानीय उत्पादनको प्रदर्शनी:
मेलामा राखिएका कृषि तथा औद्योगिक प्रदर्शनी, स्थानीय उत्पादनका स्टल, हस्तकला र घरेलु उद्योगका सामग्रीले आगन्तुकको ध्यान ताने। यसले स्थानीय उत्पादनको बजारीकरण र उद्यमशीलतालाई टेवा पुगेको आयोजकको भनाइ छ।
???? भलिबल प्रतियोगितामा युवाको जोश:
वडा स्तरीय भलिबल प्रतियोगिता मेलाको खेलकुद आकर्षणका रूपमा चम्कियो। प्रतिस्पर्धात्मक खेलले दर्शकलाई रोमाञ्चित बनायो।
???? प्रथम टोली – रु. ५०,१०५
???? द्वितीय टोली – रु. ३५,१०५






























