११ मंसिर , सुर्खेत
बर्दियामा बाघको आक्रमणबाट एक जना घाइते भएका छन् । बाघको आक्रमणबाट भारत घर बताउने ५० वर्षिय अनिस शर्मा घाइते भएका हुन् । बारबर्दिया नगरपालिका बैदीको राष्ट्रिय निकुञ्जमा सोमबार अन्दाजी ३ बजे बाघले शर्मा आक्रमण गरेको थियो । बाधको आक्रमण बाट घाईते भएका उनलाई मेडिकल कलेज कोहलपुरमा उपचारको लागि ल्याइएको छ । उनको अनुहार र टाउकोमा सामान्य चोट लागेको छ । स्थानिय गंगा सुनारका अनुसार, उनी सुस्त मनस्थिति भएका बैदी चोक नजिकै मागेर खाने गर्दै आइरहेका थिए ।






























