१० मंसिर ,नेपालगंज
नेपालगञ्जमा ट्यांकरको ठक्करबाट एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज-१७ की १७ बर्षीया युवती सलोनी पाठक रहेकी छन्। धम्बोझी चोक नजिकै आज साँझ ना ३ ख ८८५२ नम्बर ट्यांकरले ठक्कर दिँदा सलोनी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रबक्ता प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनु भयो । बुवाले चलाएको मोटरसाइकलमा पछाडि बसेकी पाठकको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ ।






























