सुर्खेत , मंसिर १०
गुर्भाकोट नगरपालिका वडा नम्बर ६ स्थित बडाखोलीमा बडाखोली ऐतिहासिक मेला लाग्ने भएको छ। मेला यहि मंसिर १३ साँझ सुरु भएर मंसिर १५ गते साँझ सकिने बडाखोली मेला समिति संयोजक पूर्ण नगलले जानकारी दिनु भयो। कला र सस्कृती हाम्रो पहिचान, संरक्षण र सम्बर्दन लागि बडाखोलीको अभियान भन्ने मुल नाराका साथ मेला लाग्ने भएको हो। गुर्भाकोट नगरपालिका ६ नम्बर वडा कार्यालयको आयोजना एवं समन्वय तथा बडाखोली बजार व्यवस्थापन समितिको सह-आयोजनामा मेला लाग्ने मेला समिति संयोजक पूर्ण नगलले बताउनु भयो। गुर्भाकोट नगरपालिका ६ नम्बर वडा अध्यक्ष गोबिन्द वलीको अध्यक्षतामा गठन भएको मूल समितिले मेला संचालनको लागी पूर्ण नागाल संयोजक र तिलक पौडेल सचिव रहेको समिति गठन गठन गरेको छ। मेला बडाखोली स्कुल नजिकैको खेल मैदानमा फुटवल मैदानमा लाग्नेछ।
मेलामा लोक सस्कृती झ्याउरे, टप्पा सोरठी, कुर्कुटी, पन्चेबाजा, मयुर नाच लगाएत स्थानीय कलाको स्व प्रदर्शनी रहने मेला व्यवस्थापन समितीले जानकारी दिएको छ । ऐतिहासिक बडाखोली मेलाले टाढा टाढा भएका इष्टमित्रहरु सङ्ग भेटघाट गराउने भएकाले यस मेला पनि एक महत्त्वपूर्ण चाडपर्वको रुपमा सञ्चालन हुँदै आएको स्थानियहरुले बताएका छन । मेला सञ्चालन गर्न नीति नियम उद्देश्य र व्यवस्थित तरिकाले शान्ती सुरक्षा अपनाउदै सम्पन्न गर्न सबै सरोकारवालाहरु लाई वडा अध्यक्ष गोबिन्द वलिले अनुरोध गर्नु भएको छ । यस ऐतिहासिक बडाखोली मेलामा स्थानीयवासीहरु लगायत सुर्खेत, जाजरकोट, सल्यान, दाङ बाके र बर्दियाबाट व्यापारी तथा मेला हेर्न मानिसहरु आउने गरेको पाइन्छ ।






























