८ मंसिर, सल्यान
जनतासंग माओवादी विशेष रुपान्तरण अभियान अन्तरगत नेकपा माओवादी केन्द्र कालिमाटी गाँउसमितिको आयोजनामा यहि मंसिर ९ गते संकल्प सभा सहित सास्कृतिक कार्यक्रम हुने भएको छ। यहि मंसिर ९ गते कालिमाटी गाँउपालिका ३ रामपुर/पुतली बजार सल्यानमा कार्यक्रम हुने भएको हो। नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका पुर्व कानुन मन्त्रि एवं सल्यान ईन्चार्ज नरेस भण्डारी र कर्णाली परदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रि भिम प्रकाश शर्माको आतिथ्यतामा कार्यक्रम हुने नेकपा माओवादी केन्द्र कालिमाटी गाँउसमिति सचिव टेकराज पुलामीले जानकारी दिनु भयो।






























