८ मंसिर, जुम्ला
जुम्लामा बन्चरो प्रहारबाट एक महिलाको हत्या गरिएको छ। जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ ओखरपाटकी अन्दाजी ३५ वर्षकी अमृता बुढाको हत्या गरिएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार सोही वडाका श्यामबहादुर बुढाले बन्चरो प्रहार गर्दा ती महिलाको शुक्रवार १२ः३० बजे मृत्यु भएको हो । बन्चरो प्रहार गरेर हत्या गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र प्रहरीले यो घटनालाई गम्भीर रूपमा अनुसन्धान अगाडि बढाएको बताइएको छ । प्रहरीका अनुसार बन्चरो प्रहार गर्ने व्यक्ति मृतक महिलाको नाताले देवर पर्दछन् ।






























