Gangangamala Khabar
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
ई-पेपर
No Result
View All Result
TRENDING
प्रदेश कर्णाली भाइरल ज्वरो पाँचथर इलाम मधेश प्रदेश लोसपा नागरिकता विधयेक
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य
No Result
View All Result

Logo

साहारामा “साझा चौतारी” अभियानको भव्य शुभारम्भ:किताबसँगै अब समाजका अनुभव पनि पढाइने

साहारामा “साझा चौतारी” अभियानको भव्य शुभारम्भ:किताबसँगै अब समाजका अनुभव पनि पढाइने

२३ माघ,सुर्खेत-

सुर्खेतको गुर्भाकोट स्थित साहारा ईङलिस मिडियम स्कुलले औपचारिक शिक्षाभन्दा एक कदम अघि बढ्दै शिक्षा क्षेत्रमा नयाँ र अनुकरणीय अभ्यासको सुरुवात गरेको छ। विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी समाजका अनुभवी व्यक्तित्वहरूको जीवन–अनुभव, संस्कार र व्यवहारिक ज्ञानसँग जोड्ने उद्देश्यले विद्यालयले “साझा चौतारी” अभियानको भव्य शुभारम्भ गरेको हो। तेस्रो त्रैमासिक परीक्षाको नतिजा प्रकाशनको अवसर पारेर आयोजित विशेष समारोहमा विद्यालय प्राङ्गणभित्र रुखमुनि निर्माण गरिएको “साझा चौतारी” मा गमलामा पानी हालेर अभियानको औपचारिक उद्घाटन गरिएको थियो। यस अभियानको पहिलो विज्ञका रूपमा समाजका प्रतिष्ठित व्यक्तित्व अर्जुन बहादुर शाही सहभागी हुनुहुन्थ्यो।

अनुभव र आधुनिकताको संगम

विद्यालय प्रशासनका अनुसार “साझा चौतारी” अभियान विश्वका उत्कृष्ट शिक्षा प्रणाली मानिने जापान र फिनल्याण्डको ‘सोसल लर्निङ’ मोडेलबाट प्रेरित हो। यसको मुख्य उद्देश्य विद्यार्थीलाई कक्षाकोठाको चार पर्खालभन्दा बाहिर निकाल्दै प्रकृति र समाजका जीवित अनुभवहरूसँग प्रत्यक्ष संवाद गराउनु रहेको छ। विद्यालयले हालसम्म विभिन्न क्षेत्रका १०४ जना अवकाशप्राप्त तथा अनुभवी व्यक्तित्वहरूलाई समेटेर ‘विज्ञ बैंक’ तयार गरेको छ। सोही बैंकअन्तर्गत हरेक हप्ता दुई दिन फरक–फरक विज्ञहरू साझा चौतारीमा उपस्थित भई विद्यार्थीहरूसँग आफ्ना जीवन भोगाइ, संघर्ष र सिकाइ साझा गर्ने व्यवस्था गरिएको छ।

पहिलो विज्ञसँग जीवन पाठ

उद्घाटन सत्रमा बोल्दै पहिलो विज्ञ अर्जुन बहादुर शाहीले आफ्नो जीवन संघर्ष र सफलताका अनुभव सुनाउँदै भन्नुभयो, “परीक्षाको नतिजाले विद्यार्थीको स्मरणशक्ति मात्र नाप्छ, तर जीवनको वास्तविक नतिजा धैर्यता, संस्कार र अनुशासनले तय गर्छ।” उहाँले विद्यार्थीहरूलाई परीक्षाको नतिजाबाट नआत्तिन, आत्मविश्वास कायम राख्न र समाजप्रति जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुभयो।

प्रशासनको दीर्घकालीन सोच

विद्यालय प्रशासनले साझा चौतारीलाई अब हरेक हप्ता सञ्चालन हुने खुला पाठशालाका रूपमा विकास गरिने जनाएको छ। विद्यालयलाई अक्षर चिनाउने स्थानमा मात्र सीमित नराखी संस्कार, सीप र जीवनोपयोगी ज्ञान सिकाउने केन्द्र बनाउने दिशामा यो अभियान कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको यो सृजनशील र व्यवहारिक प्रयासको खुलेर प्रशंसा गरेका थिए। यसै अवसरमा विज्ञहरूले आफ्ना अमूल्य विचार र अनुभव लिपिबद्ध गर्ने “अनुभवको दस्तावेज (साझा चौतारी स्मृति–पुष्टिका)” को पनि सुरुवात गरिएको छ, जसमा पहिलो सन्देश विज्ञ अर्जुन बहादुर शाहीले लेख्नुभएको छ।

तपाईको प्रतिक्रिया !

गंगामाला खबर संवाददाता

गंगामाला खबर संवाददाता

संबन्धित समाचार

पालिका कप : क्रिकेट र फुटबलको उपाधि वडा नम्बर ६ लाई,भलिवलको उपाधि २ नम्बरको पोल्टामा

पालिका कप : क्रिकेट र फुटबलको उपाधि वडा नम्बर ६ लाई,भलिवलको उपाधि २ नम्बरको पोल्टामा

सिम्तामा बजार अनुगमन: ५० हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट, अवैध उद्योग कारबाहीमा

सिम्तामा बजार अनुगमन: ५० हजारभन्दा बढीका म्याद नाघेका सामग्री नष्ट, अवैध उद्योग कारबाहीमा

जन्मदिनमा समाजसेवा: खानेपानी अध्यक्ष पदम खत्रीद्वारा विभिन्न क्षेत्रमा सहयोग

जन्मदिनमा समाजसेवा: खानेपानी अध्यक्ष पदम खत्रीद्वारा विभिन्न क्षेत्रमा सहयोग

आँखा स्वास्थ्यमा पहुँच बढाउँदै कालिमाटी:दुईदिने निःशुल्क शिविर सञ्चालन हुँदै

आँखा स्वास्थ्यमा पहुँच बढाउँदै कालिमाटी:दुईदिने निःशुल्क शिविर सञ्चालन हुँदै

इनिसा बिक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश

इनिसा बिक मृत्यु प्रकरण : आरोपी चारै जनालाई पुर्पक्षका लागि बालसुधार गृहमा पठाउन आदेश

भेरीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हरिबहादुर खत्री

भेरीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हरिबहादुर खत्री

ताजा समाचार

Load More

गंगामाला मिडिया प्रालि द्वारा संचालित गंगामाला खवर डटकम

  • केन्द्रीय कार्यालय : गुर्भाकाेट नगरपालिका २ मालारानी सुर्खेत
  • इ-मेल: info@gangamalakhabar.com
  • संचालक/प्रबन्ध/निर्देशक : हुम बहादुर कार्की
  • सम्पादक : हुमलाल ढकाल
  • सह-सम्पादक : दिलिप ढकाल
  • व्यवस्थापक: राजिप कार्की
  • कानुनी सल्लाहकार : गंगा प्रसाद भट्ट
  • भिडियो ग्राफिकस : राजु खड्का
  • सूचना विभाग दर्ता नं. : ४४२०-२०८०/२०८१
  • प्रेस काउन्सिल सूचिकृत : ४४२६-२०८०/२०८१
  • कम्पनी रजिष्टार दर्ता नं.: ३२१२४६/०८०/०८१
  • राजस्व विभाग (VAT) : ६१९७८७४४८

सोसियल मिडिया

  • Privacy Policy

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Logo
No Result
View All Result
  • होमपेज
  • समाचार
  • विचार
  • विश्व
  • अर्थ / वाणिज्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रदेश
    • प्रदेश १
    • मधेश
    • वाग्मती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • विज्ञान र प्रविधि
  • जीवनशैली
  • अन्य
    • विजनेस
    • संस्कृति र कला
    • स्वास्थ्य

© 2023 All Copyrights reserved to Gangamala Khabar | Developed By Natraj Technology

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In